images
images
  • प्रम बालेनले ३ मन्त्री हटाउँदै, ५ सचिवको पद धरापमा

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादन कमजोर देखिएका तीन मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल्यांकनका आधारमा बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यसम्पादन सन्तोषजनक नदेखिएकाले उनीहरूको पद जोखिममा परेको छ ।

    यस्तै, सय बुँदे शासकीय सुधार कार्यसूचीका आधारमा सचिवहरूको पनि मूल्यांकन भइरहेको छ ।

    ८–१० मन्त्रालयका सचिवको कार्यसम्पादनबारे गुनासो आएपछि कम्तीमा पाँच सचिवको जिम्मेवारी हेरफेर गर्ने तयारी गरिएको बताइएको छ ।

    प्रधानमन्त्री कार्यालयले १७ मन्त्रालयसहित विभिन्न सरकारी निकायको कार्यसम्पादन, माइलस्टोन र सार्वजनिक गुनासोको अध्ययन गरी अन्तिम प्रतिवेदन तयार गरिरहेको जनाएको छ ।

    प्रतिवेदन प्राप्त भएपछि मन्त्री र सचिव हेरफेरको निर्णय कार्यान्वयनमा जाने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images