images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट (मूल्यसहित)

    काठमाडौं– शुक्रबार सुन–चाँदीको भाउ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ९ हजार रुपैयाँ छ ।

    गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो ।

    भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन तोलामा ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ ।

    गत शुक्रबार चाँदीको भाउ प्रतितोला ५ हजार ४० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images