images
images
  • पूर्वगृहमन्त्री सुधन गुरुङ हिरासतभित्रै प्रवेश गरी थुनुवालाई दिए धम्की, सरकारविरुद्ध नबोल्न चेतावनी

    काठमाडौं– राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावासनजिक पम्पलेट वितरणका क्रममा पक्राउ परेका आफ्ना अभियानकर्तामाथि हिरासतभित्रै राजनीतिक दबाब दिइएको आरोप लगाएको छ ।

    अभियानका अनुसार नियन्त्रणमा लिइएका अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई लैनचौर प्रहरी वृत्तमा राखिएको अवस्थामा पूर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी धम्कीपूर्ण व्यवहार गरेका थिए ।

    गुरुङले सरकारविरुद्ध नबोल्न चेतावनी दिँदै ‘अब प्रहरीले समाते छोड्दैनौँ’ लगायतका अभिव्यक्ति दिएको अभियानको दाबी छ ।

    साथै हिरासतमा पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै मानवअधिकार उल्लंघन भएको आरोप लगाइएको छ ।

    अभियानले घटनाको निष्पक्ष छानबिन, राजनीतिक हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images