images
images
  • प्रम बालेनलाई राजदूत बनाइदिन म्यासेज गरेका सचिव पुष्कर विवादमा, प्रहरीले गर्यो केरकार

    काठमाडौं– उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस पठाएर ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोपमा विवादमा तानिएका छन् ।

    राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीको निजी नम्बरमा सन्देश पठाएपछि उनीमाथि छानबिन सुरु भएको स्रोतले जनाएको छ ।

    मुख्य सचिवको दौडमा रहेका पुष्करले म्यासेजमा आफू राजदूतका लागि आवेदन दिन लागेको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

    प्रशासकीय मर्यादाविपरीत प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्पर्क गरेको विषय बाहिरिएपछि उनलाई प्रहरीमार्फत सोधपुछ गरिएको बताइएको छ ।

    मुख्य सचिव चयन र राजदूत नियुक्तिको संवेदनशील समयमा भएको यो घटनाले प्रशासनिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images