काठमाडौं– रूस–युक्रेन युद्धबीच युक्रेनले रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा ड्रोन आक्रमण गरेको छ ।
प्रतिष्ठित ‘सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च’ सुरु भएकै दिन भएको आक्रमणले ऊर्जा तथा सैन्य संरचनालाई निशाना बनाएको बताइएको छ ।
रूसी अधिकारीहरूका अनुसार सहरको बाहिरी क्षेत्रमा रहेका केही पूर्वाधारमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन ।
गभर्नर अलेक्जेन्डर बेग्लोभले भवनहरूमा क्षति पुगेको र पुनःस्थापनाको काम जारी रहेको जानकारी दिएका छन् ।
उक्त मञ्चमा राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुँदै थिए ।
ड्रोन आक्रमण पछि उनी सहभागी भएनन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोनहरूले तेल डिपो र एक सैन्य अखडालाई निशाना बनाएको बताएका छन् ।
आक्रमणपछि सहरको बाहिरी क्षेत्रमा बाक्लो धुवाँ देखिएको रोयटर्सले जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको आतिथ्यतामा शनिबारसम्म चल्ने आर्थिक मञ्चलाई प्रभावित पार्ने उद्देश्यले आक्रमण गरिएको युक्रेनी पक्षले जनाएको छ ।


विश्व खबर 




















