images
images
  • १३ अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित

    काठमाडौं– साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २,७६६.७८ विन्दुमा झरेको छ।

    आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल कारोबार रकम ४ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७३ करोड रुपैयाँभन्दा कम हो।

    म्युचुअल फण्ड बाहेक सबै उपसमूहका सूचक घटेका छन्।

    व्यापार समूह सबैभन्दा बढी १.७१ प्रतिशतले ओरालो लाग्दा होटल तथा पर्यटन १.०७ प्रतिशत र निर्जीवन बीमा समूह १.२० प्रतिशतले घटेका छन्।

    कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ।

    त्यस्तै न्यादी हाइड्रोपावर ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्स ४.७८ प्रतिशतले उकालो लागेको छ।

    यता विजय लघुवित्तको सेयर मूल्य ४.६९ प्रतिशत र भगवती हाइड्रोपावरको ४.२७ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा एभरेस्ट बैंक डिबेन्चर २०८६ अग्रस्थानमा रह्यो।

    यसको १४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आँखुखोला जलविद्युत्को ३२ करोड, सेन्ट्रल फाइनान्सको १८ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images