काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् ।
उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली, निर्णय प्रक्रिया र पार्टी दिशाबारे असन्तुष्टि जनाएका छन् ।
महामन्त्री डा। धवलशमशेर राणा पक्षधर नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठलगायतले पार्टी छोडेका हुन् ।
असन्तुष्ट समूहले नेतृत्वले पार्टीको मूल एजेन्डा विपरीत गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागी भएको आरोप पनि लगाएको छ ।
उनीहरूले राजसंस्था पुनर्स्थापनाको आन्दोलन कमजोर पारिएको, संगठनभित्र एकतर्फी निर्णय र कारबाही बढेको तथा पार्टी सिद्धान्तबाट विचलन भएको दाबी गर्दै राजीनामा दिएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















