images
images
  • बालेन सरकारले तुरुन्तै विदेश पठाउन हुलाकमार्फत हातमै थमायो राहदानी

    काठमाडौं– जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानी सेवाग्राहीलाई हुलाकमार्फत घरमै पासपोर्ट पुर्‍याउने सेवा सुरु गरेको छ ।

    जिल्ला प्रशासन र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौतापछि पहिलो चरणमा २१ जनाको राहदानी घरमै पुर्‍याइएको हो ।

    प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गौर नगरपालिका–२ मा पुगेर सेवाग्राहीलाई राहदानी हस्तान्तरण गर्दै सरकारी सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।

    यस सेवाअन्तर्गत अब सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट कम हुने र समय तथा खर्च दुवै बचत हुने जनाइएको छ ।

    घरमै राहदानी पाउन इच्छुक सेवाग्राहीले हुलाक शुल्कबापत ५५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    जिल्ला हुलाक कार्यालयका अनुसार पुराना वितरण हुन बाँकी राहदानीसमेत स्थानीय तहसँग समन्वय गरी घरमै पुर्‍याउने तयारी भइरहेको छ ।

    ग्रामीण क्षेत्र, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेहरूका लागि यो सेवा उपयोगी हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images