काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीसँग भएको भेटका क्रममा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको र चाँडै आउने संकेत गरेको बताइएको छ ।
भ्रमण दलका अनुसार सम्भावित औपचारिक निम्तोबारे नेपाल फर्किएपछि छलफल हुने छ ।
यसअघि पनि भारतले उच्चस्तरीय माध्यमबाट नेपाल भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री तहमा भ्रमण आदान–प्रदानको विषय निरन्तर छलफलमा रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















