काठमाडौं– सशस्त्र प्रहरी बलको काठमाडौंको हलचोकस्थित मुख्यालय परिसरमा पार्किङ गरिएको स्थानमा आगलागी हुँदा केही सवारी साधनमा क्षति पुगेको छ ।
सशस्त्र प्रहरीका अनुसार आगलागी इलेक्ट्रिक सर्किट, चार्जिङ प्लग वा सवारी साधनबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ ।
आगलागीमा ६ वटा एटिभी (क्वाड बाइक), एक उच्च अधिकारी चढ्ने गाडी र दुई वटा मोटरसाइकल जलेर क्षति भएका छन् ।
ती एटिभी अमेरिकी सहयोगमा प्राप्त भएका र हिमाली क्षेत्रमा प्रयोग गर्ने तयारीमा रहेका थिए ।
परीक्षणपछि मनाङ र मुस्ताङजस्ता क्षेत्रमा प्रयोग गर्ने योजना थियो, तर सञ्चालनमा आउनुअघि नै आगलागीमा परेका हुन् ।
ती सवारी दर्ता प्रक्रियामा रहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















