images
images
  • ग्लोबल आईएमई बैंक र सुपर तामोर जलविद्युत आयोजनाबीच २५ अर्ब वित्तीय सम्झौता

    काठमाडौं– ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तामोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तामोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    करिब २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानी (कन्सोर्टियम) मार्फत लगानी गर्ने सहमति भएको हो ।

    सम्झौताअनुसार कुल लागतको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूले र बाँकी २५ प्रतिशत प्रवर्द्धक कम्पनीले लगानी गर्नेछन् ।

    यस आयोजनामा अगुवाइ गर्ने बैंकको रूपमा ग्लोबल आईएमई बैंक रहनेछ ।

    यस बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

    त्यस्तै सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र एनएमबि बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

    सम्झौतापछि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले आयोजना समयमै सम्पन्न हुने, देशको ऊर्जा उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने तथा ऊर्जा निर्यातमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ग्लोबल आईएमई बैंकले बैंकिङ सेवासँगै लगानी विस्तार गर्दै देशभित्र तथा विदेशमा समेत सेवा विस्तार गरेको छ ।

    बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान तथा अवार्डहरू प्राप्त गर्दै आएको छ ।

    साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, हङकङ लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images