काठमाडौं– नक्कली कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको अभियोगमा ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डेलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले महोत्तरीको बर्दिवासमा नक्कली कम्पनी खडा गरी बैंकिङ कसुर गरेका थिए ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना र धितोको अस्वाभाविक मूल्याङ्कनका आधारमा प्रभु बैंकबाट कर्जा लिएर सो रकम अन्य प्रयोजनमा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।
उनीविरुद्ध उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।
लामो समयपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















