images
images
  • गोल्यान समूह सिआईबीको फन्दामा, के गर्‍यो बदमासी ?

    काठमाडौं– पब्लिक कम्पनीको रकम दुरुपयोग गरी शेयर बजारमा चलखेल गरेको आरोपमा भइरहेको अनुसन्धानमा गोल्यान समूह पनि तानिएको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्सकी सञ्चालक लतिका अग्रवालविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मुद्दा चलाउन सिफारिस गरेको छ ।

    उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको बताइएको छ ।

    अनुसन्धानका क्रममा कम्पनी सञ्चालकहरूको मिलेमतोमा कम्पनीको रकम दीपक भट्टले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप छ ।

    भट्टमाथि नेपाल रिइन्स्योरेन्सलगायत संस्थासँग सम्बन्धित नीतिगत अनियमितता र वित्तीय अपराधमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

    यस प्रकरणमा शंकर समूहसहित केही प्रमुख व्यावसायिक घराना पनि अनुसन्धानको दायरामा परेका छन् ।

    शंकर समूहका सुलभ अग्रवाल हाल थुनामा छन् भने शेखर गोल्छा हाजिरी जमानीमा छुटेका छन् ।

    सिआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालयमा पुगेको छ ।

    सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images