images
images
  • भारतीय बजारबाट फर्किने क्रममा दुई नेपालीमाथि कुटपिट

    कञ्चनपुर– कञ्चनपुरका दाजुबहिनीमाथि भारतबाट किनमेल गरेर फर्किने क्रममा कुटपिट भएको छ ।

    दोधाराचाँदनी नगरपालिका–१० का सन्दीप परियार र दीपिका परियारमाथि नौजलियाडाम क्षेत्रमा भारतीय युवाको समूहले आक्रमण गरेको बताइएको छ ।

    घटनामा सन्दीपको टाउको तथा दीपिकाको पेट र शरीरका अन्य भागमा चोट लागेको छ ।

    उनीहरूले नेपाल फर्किएपछि स्थानीय अस्पतालमा उपचार गराएका छन् ।

    पीडित सन्दीपका अनुसार भारतीय युवाहरूले उनकी बहिनीलाई जिस्क्याएपछि भएको विवादले उग्ररूप लिँदा उनीहरूमाथि कुटपिट भएको हो ।

    आक्रमणपछि उनीहरू नेपालतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए ।

    घटनाबारे कञ्चनपुर प्रशासनले सुरक्षा निकायमार्फत जानकारी संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images