images
images
  • सुन–चाँदीको मूल्य ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि घटेर प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ ।

    बुधबारको तुलनामा चाँदी तोलामा ८५ रुपैयाँ सस्तो भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images