काठमाडौं– सरकारले विदेशबाट फर्किने नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुका लागि निजी प्रयोगका सामान ल्याउने सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले एक थान ल्यापटप वा ट्याबलेट वा कम्प्युटर, मोबाइल, क्यामेरा, घडी, पुराना लुगाफाटा र घरायसी सामान भन्सार छुटमा ल्याउन पाउनेछन् ।
कम्तीमा ६ महिना वैदेशिक रोजगारी गरेर फर्किएका नेपालीले आफूले प्रयोग गर्नेबाहेक थप एक थान नयाँ मोबाइल भन्सार छुटमा ल्याउन सक्नेछन् ।
यस्तै, लगातार १२ महिना विदेशमा काम गरेर फर्किएकाले एकपटकका लागि ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा ल्याउन पाउनेछन् ।
६ महिनाभन्दा बढी विदेश बसेर फर्किने नेपालीले कार्गो वा हुलाकमार्फत पठाएका पुराना घरायसी सामानमा पनि छुट पाउनेछन् ।
एक वर्षभन्दा बढी विदेश बसेर फर्किनेले २५ हजार रुपैयाँसम्म मूल्यका वस्तुमा भन्सार छुट पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, स्थलमार्गबाट आवतजावत गर्ने व्यक्तिले ५०० रुपैयाँसम्मका निजी प्रयोगका सामग्री भन्सार नतिरी ल्याउन सक्नेछन् ।


विश्व खबर 




















