images
images
  • ओली–प्रचण्डकै शैलीमा महाधिवेशन गर्दै रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन हुन अब १८ दिन मात्र बाँकी रहँदा पनि जिल्लास्तरमा निर्वाचन समिति गठन हुन सकेको छैन ।

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ १५ भित्र ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि काम पूरा भएको छैन ।

    सोमबारको सचिवालय बैठकले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुख नियुक्त गरेको थियो ।

    त्यसपछि बसेको आयोग बैठकले पाँच प्रदेशमा अधिवेशन समन्वय र निर्वाचन आयोग गठनका लागि सदस्यहरू खटाएको छ ।

    जेठ २३ र २४ गते जिल्ला अधिवेशन तथा जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहे पनि अधिकांश जिल्लामा निर्वाचन समिति गठन नभएकाले मिति हेरफेर हुन सक्ने चर्चा छ ।

    पार्टीका एक पूर्व पदाधिकारीले जिल्ला अधिवेशन प्रभावित हुन सक्ने संकेत गरेका छन् ।

    यद्यपि निर्वाचन आयोग सदस्य गोकुल सापकोटाले कार्यतालिकाअनुसार नै काम भइरहेको र बाँकी प्रक्रिया छिट्टै पूरा हुने बताएका छन् ।

    यद्यपि रास्वपा सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डकै शैलीमा महाधिवेशन गर्न लागेको आरोप लागेको छ ।

    उनले महाधिवेशनमा निर्वाचन नभई सहमतिमा सबै पदाधिकारी टुंग्याउन खोजेका छन् ।

    ओली–प्रचण्डले पनि विगत लामो समयदेखि प्रायः सहमतिमै पदाधिकारी टुंग्याउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images