images
images
  • ७८० अंकमा नेप्से, निर्जीवन बीमा समूहमा आकर्षण

    काठमाडौं– सेयर बजार बुधबार सामान्य २.६६ अंकले बढेर नेप्से परिसूचक २७८० अंकमा पुगेको छ।

    कारोबार रकम पनि बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

    बजेटमार्फत तेस्रो पक्ष बीमाङ्क रकम दोब्बर बनाइएपछि निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।

    यस समूहको सूचक ३.३७ प्रतिशतले बढेको छ।

    आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घट्यो।

    कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्दा नेपाल पुनर्बीमाको मूल्य ५.१८ प्रतिशतले घटेको छ।

    कारोबारका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images