काठमाडौं– जापान सरकारले नागढुंगा सुरुङमार्ग निर्माणका लागि थप ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) ऋण सहायता दिने भएको छ ।
यस सम्बन्धी समझदारीपत्रमा जापानी राजदूत माएदा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन् ।
बढ्दो मूल्यवृद्धि र प्राविधिक कारणले लागत बढेपछि थप बजेट आवश्यक भएको हो ।
यससँगै आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ ।
सन् २०१९ देखि निर्माणाधीन सुरुङमार्ग यसै वर्ष सञ्चालनमा आउने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















