images
images
  • एसियन गेम्समा नेपाली क्रिकेट टोलीको स्थान पक्का

    काठमाडौं– नेपाली पुरुष क्रिकेट टोली आगामी एसियन गेम्सका लागि छनोट भएको छ ।

    एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो ।

    मलेसियाको जितसँगै नेपाल र मलेसिया दुवै टोली प्रतियोगिताका लागि छनोट भएका छन् ।

    दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार रहेका थिए ।

    कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र प्रतिस्पर्धामा रहेका थिए ।

    यससँगै नेपाल र मलेसियाले एक खेल खेल्न बाँकी रहँदै एसियन गेम्सको टिकट पक्का गरेका हुन् ।

    अब नेपाल र मलेसियाबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

    एसियन गेम्सको २०औं संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images