images
images
  • रास्वपा सरकारले डिजेलमा लगायो कर, प्रतिलिटर कति रूपैयाँ बढ्यो ?

    काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा केही कर तथा दस्तुर हटाए पनि डिजेलमा समग्र कर भने प्रतिलिटर २ रूपैयाँले बढेको छ ।

    नयाँ बजेटअनुसार हरित कर १ रूपैयाँबाट बढाएर १० रूपैयाँ बनाइएपछि यस्तो देखिएको हो ।

    यसअघि पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर हटाइए पनि ती करको सट्टा हरित कर उल्लेख्य रूपमा बढाइएको छ ।

    भन्सार महसुलमा ५० प्रतिशत छुट यथावत् रहेकाले अन्य शीर्षकमा खासै परिवर्तन भएन ।

    नयाँ व्यवस्थाअनुसार चैत २४ पछि लागू भएको नीतिसँग तुलना गर्दा डिजेलमा कर भार प्रतिलिटर २ रूपैयाँले बढेको देखिन्छ ।

    तर, अघिल्लो पुरानो व्यवस्थासँग तुलना गर्दा भने कर केही घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images