images
images
  • मंगलबार बढ्यो सुनचाँदीकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

    काठमाडाैं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ । गएको आइतबार तोलामा २० हजार रुपैयाँ भन्दा धेरै बढेको सुनको मूल्य आज पनि बढेको हो ।

    सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजो सुनको मूल्य तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।

    आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images