काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदले आपत्ति जनाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।
सोमबार बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए ।
उनीहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई अभिव्यक्तिको प्रमाण पेश गर्न वा माफी माग्नुपर्ने माग गर्दै, उक्त भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्ने अडान राखेका छन् ।
माग पूरा नभएसम्म सदन चल्न नदिने उनीहरूको चेतावनी छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री बालेनले उक्त विवादास्पद अभिव्यक्ति दिएका थिए ।
सभामुख डोलप्रसाद अर्यालले सदनलाई सहज रूपमा अघि बढाउने प्रयाससहित आवश्यक कारबाही अघि बढाउने संकेत गरेका छन् ।
संसद्मा विपक्षीले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















