काठमाडाैं-दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। आयोगले ‘जेनजी आन्दोलन’ सम्बन्धी प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरेको उनको दाबी छ।
सांसद बोहोराले आन्दोलन भएको भनिएको समयमा आफू अस्पतालमा रहेको र आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको बताए। फोटो, भिडियो वा अन्य प्रमाणबिना आफ्नो नाम प्रतिवेदनमा राखिएको भन्दै उनले आपत्ति जनाएका छन्।
उनले प्रतिवेदनबाट आफ्नो नाम हटाउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न अदालतसमक्ष माग गरेका छन्। अदालतबाट न्याय पाउने अपेक्षा रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्






















