images
images
  • रंगेलीमा सांसद आशा झाको ‘पिर्के सलामी’ विवाद, जनप्रतिनिधिको व्यवहारमाथि प्रश्न

    विराटनगर – मोरङ–५ बाट निर्वाचित आशा झा रंगेलीस्थित प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सार्वजनिक भएपछि विवादमा परेकी छन्।

    भिडियोमा उनी रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरी टोलीबाट सलामी ग्रहण गरेको देखिन्छ।

    घटनापछि सामाजिक सञ्जालमा लोकतान्त्रिक संस्कार, जनप्रतिनिधिको सादगी र राज्य संयन्त्रमा बाँकी रहेको सामन्ती सोचबारे प्रश्न उठाइएको छ। विशेषगरी वैकल्पिक राजनीतिको पक्षमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी की सांसदबाट यस्तो दृश्य देखिएको भन्दै आलोचना भइरहेको छ।

    सांसद झाले भने आफूले सलामी माग नगरेको र प्रहरीको आग्रहमा मात्र कार्यालय पुगेको बताउँदै सम्मान अस्वीकार गर्नु उचित नठानेको प्रतिक्रिया दिएकी छन्। मोरङ प्रहरीले पनि यसलाई सामान्य सम्मानको विषय मात्र भएको जनाएको छ। तर आलोचकहरूले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिलाई विशेष व्यक्ति झैँ प्रस्तुत गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images