काठमाडौं– इरानका राष्ट्रपति मसुद पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीसमक्ष राजीनामा पेश गरेको दाबी गरिएको छ ।
इरान इन्टरनेसनलको रिपोर्टअनुसार पजेस्कियानले आफ्नो राजीनामापत्रमा देशको वास्तविक शक्ति अहिले पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का कमान्डरहरूको नियन्त्रणमा पुगेको उल्लेख गरेका छन् ।
रिपोर्टमा भनिएको छ कि फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएयता पजेस्कियान नेतृत्वको सरकारलाई महत्वपूर्ण निर्णय प्रक्रियाबाट बाहिर राखिएको छ ।
उनका अनुसार देशको वास्तविक नियन्त्रण निर्वाचित सरकारबाट सैन्य नेतृत्वतर्फ सरेको छ ।
तर इरानी राष्ट्रपति कार्यालयले उक्त दाबीलाई अस्वीकार गरेको छ ।
राष्ट्रपति कार्यालयअन्तर्गत सञ्चार तथा सूचना विभागका उपप्रमुख सैयद मेहदी तबताबाईले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पजेस्कियानले जनताको सेवा गर्नबाट पछि नहट्ने बताएका छन् ।
तबताबाईले पजेस्कियानको राजीनामाबारे सार्वजनिक भएको रिपोर्टलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन् ।


विश्व खबर 




















