काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
यस्तै चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ ।
सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ ।
हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















