images
images
  • प्रम बालेनको अभिव्यक्तिले भारतीय प्रहरी हतियारसहित आइपुग्यो नेपाल, स्थानीयलाई सास्ती

    रूपन्देही– प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको आरोप लागेको छ ।

    स्थानीयका अनुसार आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम रोक्न दबाब दिएका थिए ।

    सुस्ता गाउँपालिका–५ मा करिब १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ, जसको ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।

    गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षले पहिलेदेखि नै उक्त क्षेत्रमा दाबी गर्दै आएको भन्दै पछिल्लो घटनाले निर्माण कार्य अन्योलमा परेको बताए ।

    ‘सुस्ता बचाउ अभियान’का अभियन्ताहरूले पनि भारतीय सुरक्षाकर्मीले ‘विवादित क्षेत्रमा काम नगर्न’ चेतावनी दिएको बताएका छन् ।

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले घटनाबारे गृह मन्त्रालय, नापी कार्यालय र सिँचाइ कार्यालयलाई जानकारी गराइसकेको र भारतीय समकक्षीसँग छलफलको प्रयास भइरहेको बताए ।

    ऐतिहासिक रूपमा सीमा विवाद र नदी कटानको मारमा परेको सुस्ता क्षेत्रमा नारायणी नदीले धार परिवर्तन गर्दै जाँदा नेपाली भूमि खुम्चिँदै गएको स्थानीयको भनाइ छ ।

    स्थानीय सरोकारवालाले सरकारले कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images