images
images
  • विपक्षी दलहरूको बैठक बस्दै, एजेन्डा– प्रम बालेनको अभिव्यक्ति

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको बैठक आज बस्दैछ ।

    नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए ।

    आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका थिए ।

    सो क्रममा उनले नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको हुन सक्ने टिप्पणी गरेका थिए ।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images