images
images
  • डिपीको ढिपी : कानुन मिच्ने, चलन नमान्ने र बलजफती संसद् चलाउने

    काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी(को संसद् सञ्चालन शैलीमाथि विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

    नियमावली र संसदीय अभ्यासको पालना नगरी सभामुखले आफ्नै शैली लागू गर्न खोजेको आरोप लगाइएको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रम पूर्वसूचनाबिनै राखिएको भन्दै एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाए ।

    प्रतिनिधिसभा नियमावलीअनुसार तीन दिनअघि सूचना दिनुपर्ने व्यवस्था विपरीत कार्यक्रम सञ्चालन गरिएको उनीहरूको भनाइ थियो ।

    प्रधानमन्त्रीले केही प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी सांसदहरूले बोल्न समय माग गरे पनि पर्याप्त अवसर नपाएको भन्दै असन्तुष्टि जनाए ।

    एमालेका गुरु बराल, ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले कार्यव्यवस्था परामर्श समितिको प्रक्रिया मिचिएको र प्रश्नोत्तर कार्यक्रम ‘छापामार शैली’मा सञ्चालन गरिएको आरोप लगाए ।

    सांसद महरले सभामुखको नियमावलीसम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत माग गरेका छन् ।

    विपक्षी दलहरूले सभामुख अर्यालले नियम र संसदीय परम्पराभन्दा बाहिर गएर ‘डीपी शैली’ विकास गर्न खोजेको भन्दै आलोचना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images