images
images
  • बालेनको अभिव्यक्ति ‘शतप्रतिशत गलत र राष्ट्रघाती’ माफी माग्नुपर्छ : पूर्वगृहमन्त्री नारायणकाजी

    काठमाडौं- पूर्वगृहमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक रहेकाे बताएका छन्।

    सामाजिक सञ्जालमार्फत श्रेष्ठले उक्त अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिएका नेपालीलाई आक्रोशित बनाएको बताए। उनले लिम्पियाधुरा–लिपुलेक–कालापानी र सुस्ता क्षेत्र फिर्ता ल्याउने नेपालको अभियानमा समेत यसले आँच पुर्‍याएको दाबी गरे।

    श्रेष्ठले प्रधानमन्त्रीले तत्काल नेपाली जनता र संसदसँग माफी माग्नुपर्ने, अभिव्यक्ति सच्याउनुपर्ने तथा संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्। उनले यस विषयलाई सामान्य रूपमा लिन नहुने भन्दै देशभक्त शक्तिहरूलाई सचेत र संगठित हुन आह्वानसमेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images