images
images
  • प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे के भन्छन् नेताहरू ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिविरुद्ध विभिन्न राजनीतिक नेताहरूले आपत्ति जनाएका छन् ।

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले उक्त भनाइ राष्ट्रविरोधी, तथ्यहीन र पदीय मर्यादाविपरीत भएको भन्दै संसदको रेकर्डबाट हटाउन तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् ।

    त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति भारतलाई रिझाउने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै यसले नेपालको राष्ट्रिय अडान कमजोर बनाएको जनाएको छ।

    उता कुलमान घिसिङले पनि प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्ने र नेपालले उठाउँदै आएको सीमा सम्बन्धी वैध दाबीलाई असर पार्ने टिप्पणी गरेका छन् ।

    उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिको आधार र तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

    नेताहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय संवेदनशीलताको सवाल भएकाले सरकारबाट स्पष्ट र जिम्मेवार धारणा अपेक्षित हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images