काठमाडौं– अमेरिकी सञ्चारमाध्यमहरूले गत महिना इरानमा खसालिएको अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमानलाई सम्भवतः चीनमा निर्मित मिसाइलले निशाना बनाएको दाबी गरेका छन् ।
एनबीसी न्युजका अनुसार काँधमा राखेर प्रहार गरिने मिसाइलबाट विमान खसालिएको थियो ।
विमानमा सवार दुवै अमेरिकी सैनिक सुरक्षित रूपमा बाहिर निस्किएका थिए र पछि उद्धार गरिएका थिए ।
अमेरिकी स्रोतहरूले इरानले चीनमा निर्मित मिसाइल तथा उन्नत राडार प्रणाली प्रयोग गरेको हुन सक्ने बताएका छन् ।
तर चीनले यी आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विमान मिसाइल प्रहारबाट खसालिएको बताएका छन् ।
चीनले भने सैन्य सामग्री निर्यातमा कडा नियम पालना गर्ने भन्दै इरानलाई हतियार आपूर्ति गरेको आरोप खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















