images
images
  • खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

    काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

    संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराए ।

    उनले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगाशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने बताए ।

    प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images