images
images
  • जलन उपचारको पहुँच विस्तार गर्ने घोषणा

    काठमाडौं । सरकारले जलन उपचारको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।

    जलन उपचार सेवाको पहुँच विस्तार गर्न वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जलन उपचार सेवालाई थप सुदृढ बनाउने नीति सार्वजनिक गरेका हुन्।

    उनका अनुसार हाल मुख्य रूपमा सञ्चालनमा रहेको जलन उपचार सेवा अब थप दुई प्रमुख अस्पतालमा विस्तार गरने छ ।

    यससँगै हाल कीर्तिपुर अस्पतालमा मात्रै केन्द्रित रहेको जलन उपचार सेवा अब राजधानीकै प्रमुख स्वास्थ्य संस्था वीर अस्पताल मा पनि उपलब्ध हुने भएको छ।

    त्यसैगरी, जलन उपचारको प्रमुख केन्द्रका रूपमा रहेको कीर्तिपुर अस्पताल को सेवा क्षमता विस्तार गरी थप बिरामीलाई सेवा दिन सक्ने बनाइने सरकारको योजना छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images