images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट (मूल्यसहित)

    काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन सुन २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको असर नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।

    पछिल्ला दिनमा उतारचढाव देखिँदै आएको सुनको मूल्य केही दिनअघि २ लाख ९३ हजार ८०० रुपैयाँसम्म पुगेको थियो भने माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

    यसैगरी, चाँदीको भाउ पनि घटेको छ ।

    चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चाँदी ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images