काठमाडौं– सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघेको छ ।
बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२ विन्दुमा पुगेको छ भने कुल ६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१५१ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनी घटेका छन् ।
बैंकिङ, बीमा, लगानी र व्यापार समूहमा सामान्य वृद्धि देखिएको छ भने होटल, उत्पादन तथा प्रशोधन र फाइनान्स समूह घटेका छन् ।
हालै सूचीकृत कालिन्चोक हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















