काठमाडौं । इन्धनमा भारी मूल्यवृद्धिले नेपालको अर्थतन्त्र प्रभावित भएको छ ।
“विश्व भूराजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध र इन्धनको मूल्यमा भएको भारी वृद्धिलगायत कारणबाट मुलुकको अर्थतन्त्र प्रभावित हुन पुगेको छ,” अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण, २०८२/८३’ मा भनिएको छ ।
खासगरी पश्चिम एसियालगायत मुलुकमा कार्यरत नेपाली कामदारको रोजगारी प्रत्यक्ष प्रभावित भई विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्न सक्ने जोखिम रहेको जनाइएको छ । “मध्यपूर्वी एसियाका मुलुक भई नेपाल भित्रिने पर्यटकको संख्या प्रभावित हुने र पर्यटनरभ्रमणबाट प्राप्त हुने आम्दानी समेत घट्ने सम्भावना रहेको छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ ।
युद्धले गर्दा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण उपभोग्य वस्तुलगायत निर्माण सामग्रीको भाउमा वृद्धि भई समग्र मूल्यस्तर तुलनात्मक रूपमा बढेको जनाइएको छ ।


विश्व खबर 




















