काठमाडौं- चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घट्ने अनुमान गरिएको छ ।
बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति आय घटेर १,५१३ अमेरिकी डलर रहने अनुमान गरिएको हो ।
गत आर्थिक वर्ष यस्तो आय १,५१६ डलर रहेको थियो । अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५।७ प्रतिशतले अवमूल्यन हुने अनुमानका आधारमा प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरिएको सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक गतिविधिमा आएको शिथिलता र न्यून आर्थिक वृद्धिका कारण प्रतिव्यक्ति आयको वृद्धिदर कमजोर बनेको जनाइएको छ । यद्यपि, प्रचलित मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार ९४६ रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















