काठमाडौं– न्यून पुँजीगत खर्च र सुस्त कर्जा प्रवाहका बाबजुद पनि कुल लगानी वृद्धि भएको छ।
आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्ष कुल लगानी १०.७ प्रतिशतले बढेकोमा चालू आवमा यो वृद्धि १५.६ प्रतिशत पुग्ने अनुमान छ।
सो अनुसार कुल लगानी २१ खर्ब ७ अर्ब ९० करोड पुग्ने देखिएको छ।
पछिल्लो दशक कुल लगानी जीडीपीको औसत ३४.२६ प्रतिशत रहेको छ।
त्यसैगरी, चालू आवमा कुल स्थिर लगानी १८.६ प्रतिशतले बढ्ने अनुमान छ, जबकि गत वर्ष यो १०.९ प्रतिशत मात्र थियो।
गत वर्ष स्थिर लगानी जीडीपीको २३.५७ प्रतिशत रहेकामा चालू वर्ष यो २६.२६ प्रतिशत पुग्ने अनुमान छ।
पछिल्लो दशक यसको औसत २८.४५ प्रतिशत रहेको छ।
निजी क्षेत्रको स्थिर लगानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ, जसको हिस्सा करिब तीन चौथाइ छ।
चालू वर्ष निजी लगानी १७ खर्ब ३३ अर्ब २३ करोड रहने अनुमान छ।
कुल लगानीमा सरकारी क्षेत्र (सार्वजनिक संस्थानसहित) को हिस्सा २६.५ प्रतिशत र निजी क्षेत्रको ७३.५ प्रतिशत रहने अनुमान छ।
गत वर्ष यो अनुपात क्रमशः ४२.३ प्रतिशत र ५७.७ प्रतिशत थियो।
पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेकाले सरकारी लगानीको हिस्सा घट्ने देखिएको छ, जबकि पछिल्लो दशकमा निजी क्षेत्रको औसत हिस्सा ६८.३ प्रतिशत र सरकारी क्षेत्रको ३१.७ प्रतिशत रहेको छ।


विश्व खबर 




















