images
images
  • पूजाको अर्धशतकमा नेपालद्वारा चीनलाई १२६ रनको लक्ष्य

    काठमाडौं – पूजा महतोको शानदार अर्धशतकप्रेरित नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि पूजाले ५७ बलमा ६ चौकासहित सर्वाधिक ६३ रन बनाइन् । रुवी पोदार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रन जोडिन् ।

    पूजा र रुवीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चीनका लागि मा रुइकले दुई विकेट लिइन् । लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको चीनविरुद्ध नेपाल सुखद सुरुआत गर्ने योजनामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images