images
images
  • २०८३/०८४ सर्वेक्षण : अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

    काठमाडौं– चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गरिएको छ, जसअनुसार नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

    सर्वेक्षणले कुल गार्हस्थ्य उत्पादन (GDP) ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति आय १,५३५ अमेरिकी डलर हुने प्रक्षेपण गरेको छ। कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर-कृषि क्षेत्रको ७६ प्रतिशत रहने देखिएको छ।

    विप्रेषण ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ भने विदेशी मुद्रा सञ्चिति १८.५ महिनाको आयात धान्न पर्याप्त रहेको उल्लेख छ। तर व्यापार घाटा भने ११.२ प्रतिशतले बढेको छ।

    राजस्व ३.२ प्रतिशतले बढे पनि पुँजीगत खर्च कमजोर रहेको र सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको सर्वेक्षणले देखाएको छ।

    मुद्रास्फीति २.१३ प्रतिशतमा नियन्त्रणमा रहे पनि धान उत्पादन घटेको छ। मानव विकास सूचक, जीवन प्रत्याशा, स्वास्थ्य र शिक्षामा भने सुधार देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images