काठमाडौं– काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज तारेख हाजिर गरेका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा उनी अदालतमा उपस्थित भएर तारेख बुझ्न पुगेका हुन् ।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेले तोकिएको तारेखअनुसार हाजिर जनाएका छन् ।
उक्त मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
यस मुद्दामा अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















