images
images
  • प्रम बालेनले न संसद्लाई टेर्छन् न सभामुख, रवि हायलकायल

    काठमाडौं– प्रधानमन्त्री बालेन शाह संसद्मा अनुपस्थित रहँदा प्रतिनिधिसभामा लगातार प्रश्न उठिरहेको छ ।

    दुई महिना बितिसक्दा पनि उनले न संसद्मा सम्बोधन गरेका छन्, न देशबासीका नाममा औपचारिक वक्तव्य दिएका छन् ।

    प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने मागमा सभामुख डिपी अर्याल स्वयं सहमत देखिए पनि उनलाई उपस्थित गराउन नसकेको भन्दै विपक्षीले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

    कांग्रेस सांसद अभिशेक प्रताप शाहले प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुख किन असक्षम भए भन्ने प्रश्न गरेका छन् ।

    यता विपक्षीको विरोधकैबीच प्रतिनिधिसभाले भने विधेयक पारित गर्ने कामलाई तीव्रता दिएको छ ।

    सोमबार मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली सम्बन्धी दुई विधेयक पारित भएका छन् ।

    साथै पर्यटन विधेयकमाथि सैद्धान्तिक छलफल पनि सम्पन्न भएको छ ।

    यसअघि वैकल्पिक विकास वित्त परिचालन विधेयक पनि नाराबाजीकै बीच पारित गरिएको थियो ।

    मंगलबारको बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने तथा चलचित्र विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images