काठमाडाैं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार मंगलबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















