images
images
  • ०८३ मा कम वर्षाको सम्भावना, अत्याधिक गर्मीले हिमताल फुट्ने खतरा

    काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ सार्वजनिक गर्दै यस वर्ष सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।

    तर तापक्रम वृद्धि हुने सम्भावनासँगै हिमताल विस्फोट, बाढी, पहिरो, डुबान र आकस्मिक बाढीजस्ता विपद्को जोखिम भने बढ्न सक्ने चेतावनी दिइएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली, लुम्बिनी, मधेस र कोसीका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

    तर उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमताल विस्फोट भई तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ ।

    तराई–मधेस क्षेत्रमा तातो हावाको लहर ९लु० को जोखिम पनि उच्च रहने विभागको आकलन छ ।

    मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारले भारी वर्षाको पूर्वानुमानलगत्तै कमान्ड सेन्टर सञ्चालन, एसएमएसमार्फत् पूर्वसूचना प्रवाह, सवारी आवागमन नियन्त्रण तथा अफवाह नियन्त्रण गर्ने तयारी गरेको जनाएको छ ।

    खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २६ हजारभन्दा बढी सुरक्षाकर्मी तथा १४ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ ।

    प्राधिकरणका अनुसार मनसुनजन्य विपद्बाट यस वर्ष करिब ५१ हजार ८६८ घरधुरी प्रभावित हुन सक्ने अनुमान छ ।

    विपद् व्यवस्थापन तथा राहतका लागि केन्द्र, प्रदेश र जिल्लास्तरका कोषमा हाल साढे ७ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images