काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लले सांसद, अर्थविद्, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकायका सुझाव समेटेर बजेट तयार पारिरहेका छन् ।
जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ ।
अर्थमन्त्री वाग्ले पछिल्ला दिनमा बिहानदेखि मध्यरातसम्म बजेटलाई अन्तिम रूप दिन व्यस्त रहेको उनका स्वकीय सचिव नवीन ढुंगानाले बताएका छन् ।
बजेटमा सुशासन, कानुनी सुधार, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
निजी क्षेत्रका संस्थाहरूले पनि अर्थतन्त्रमा संरचनात्मक सुधार आवश्यक रहेको सुझाव दिएका छन् ।
नवनिर्मित संघीय संसद् भवनमा प्रस्तुत हुने यस बजेटलाई सरकारको महत्त्वपूर्ण आर्थिक दस्तावेजका रूपमा हेरिएको छ ।


विश्व खबर 




















