images
images
  • रास्वपा महाधिवेशन : सभापतिमा रवि फिक्स, वरिष्ठमा बालेनको पद खुस्किने सम्भावना

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ७–९ असारमा चितवनमा हुने पहिलो महाधिवेशनबाट सभापति रवि लामिछानेलाई पुनः नेतृत्वमा दोहोर्याउने तयारी गरेको छ ।

    पार्टीभित्र लामिछानेको विकल्प नरहेको नेताहरूको दाबी छ ।

    महाधिवेशनबाट अन्य पदाधिकारी पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको र विधान संशोधनमार्फत एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ताको व्यवस्था गर्ने तयारी गरिएको छ ।

    प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई विधानमै ‘वरिष्ठ नेता’ को सम्मानार्थ पद दिने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

    रास्वपाले हाल वडा, पालिका र जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ ।

    महाधिवेशनमा देशभरबाट कम्तीमा २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।

    प्रतिनिधित्वमा कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गर्ने तयारी पनि गरिएको छ ।

    महाधिवेशनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा पनि केन्द्रीय निर्वाचन आयोगले छलफल गरिरहेको छ ।

    चितवनलाई पार्टीको ‘इपिसेन्टर’ र जनमतको आधार क्षेत्रका रूपमा व्याख्या गर्दै रास्वपाले पहिलो महाधिवेशन त्यहीँ आयोजना गर्न लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images