images
images
  • प्रम बालेनले संसद्‌मा सम्बोधन गर्नेबारे अझैँ अन्योल, सत्तारूढ रास्वपा सचेतक पंगु बन्ने सम्भावना

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा सम्बोधन गर्ने विषयमा सहमति जुटेपछि खुल्ने भनिएको प्रतिनिधिसभा बैठक फेरि अन्योलमा परेको छ ।

    प्रधानमन्त्रीको सचिवालयले सम्बोधनको मिति घोषणा गर्न नमानेपछि बैठक प्रभावित बनेको हो ।

    रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति मंगलबारकै बैठकबाट घोषणा हुने बताएका थिए ।

    सिंहदरबारमा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकबीच भएको अनौपचारिक छलफलमा त्यसबारे सहमति जुटेको थियो ।

    तर, प्रधानमन्त्रीको सचिवालय पछि हटेपछि बुर्लाकोटीले संसद्‌मा सम्भवतः एक साताभित्र प्रधानमन्त्रीले सम्बोधन गर्ने बताए ।

    त्यसले विपक्षी दललाई आश्वस्त पार्न सकेन ।

    प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने नियमावलीको व्यवस्था कार्यान्वयन नभएको भन्दै विपक्षीले संसद् अवरुद्ध गर्दै आएका छन् ।

    नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रमुख सचेतकहरूबीच भएको सहमति रास्वपाले तोडेको आरोप लगाए ।

    ‘भित्र भएको सहमति बाहिर आउँदा भत्कियो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images