images
images
  • आईपीएलको पहिलो क्वालिफायर : बैंग्लुर र गुजरातबीच प्रतिस्पर्धा

    काठमाडौं– आईपीएलको पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बैंग्लुरु र गुजरात टाइटन्स भिड्दैछन् ।

    धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

    अंक तालिकाको शीर्ष स्थानमा रहेको बैंग्लुरु र दोस्रो स्थानको गुजरात फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रँदैछन् ।

    खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

    दुवै टोली जारी सिजन उत्कृष्ट लयमा छन् ।

    विराट कोहलीको शानदार प्रदर्शनले उत्साहित बैंग्लुरु उपाधि नजिक पुग्न चाहन्छ भने शुभमन गिल, जस बटलर र राशिद खानको उत्कृष्ट प्रदर्शनमा गुजरात पनि फाइनल यात्रा तय गर्ने तयारीमा छ ।

    बैंग्लुरु र गुजरात दुवैले १४ खेलबाट १८ अंक जोडेका छन् ।

    राम्रो नेट रनरेटका आधारमा बैंग्लुरु शीर्षस्थानमा रहँदा गुजरात दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images